अा.ब.०७२।०७३ काे प्रगती समिक्षा सम्पन्न!

३१ अषाट २०७३
जिल्ला वन कार्रयालय कालिकाेटकाे अा.ब.०७२।०७३ काे बार्षीक प्रगती समिक्षा सम्पन्न भएकाे छ । स्थानिय बिकास अधिकारी प्रदिराज अधिकारीकाे अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाकाे बिशेष उपस्थीतीमा भएकाे उक्त कार्यत्रममा कार्यालयले बषर्भर गरेका कार्यहरूकाे समिक्षा गरीएकाे थियाे । रेञ्जर केशब खडकाले प्रस्तुत गरेकाे कार्यालयकाे काम र प्रगति सम्बन्धीकाे कायर्पत्रमा उठेका प्रश्नहरूकाे जवाफ दिदै जिल्ला वन अधिकृत अचल कुमार ढुंगानाले वन खुल्ला सम्पती भएकाले यसकाे संरक्षणमा सबैले सहयाेग गर्नुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे । कायार्लयले याे बर्ष ९४ प्रतिशत भारीत प्रगति हासील गरेकाे तथा अतित्रमण नियन्त्रण र वन गस्तिलाइ बिशेष जाेड दिएकाे बताइएकाे छ । कार्यक्रमकाे समापनमा बाेल्दै प्र.जि.अ.कृष्ण बहादुर खडुकाले वन सबैकाे सराेकार भएकाे र यसकाे संरक्षणमा कुनै एक कार्यालयमात्र लागेर नहुने भन्दै सबैले सहयाेग गर्न अाग्रह गर्नुभयाे । कार्यत्रममा उत्कृष्ठ कार्यसम्पादन गरेकाे भन्दै ३ वटा सा.ब.उ.स.तथा कार्यालयका ३ जना कमर्चारीलाइ सम्मान गरीएकाे थियाे ।सम्मान हुने कर्मचारीमा रेञ्जर प्रकाश देवकाेटा,वनरक्षक सर्जन पाण्डे र चाैकीदार दिल कुमारी चन्द रहेका छन । सम्मान हुने कर्मचारीलाइ प्रमाणपत्र,दाेसल्ला र नगद रू ४००० ले सम्मान गरीएकाे थियाे ।