वन अतिक्रमण राेक्न कार्यालय सक्रीय!

कालिकाेट जिल्लाकाे वन ब्यबस्थापनमा चुनाैतिका रूपमा रहेकाे कर्णाली सामुदायिक वन फुकाेट तथा रमालमष्टा सामुदायिक वन, मेहमुडी स्थीत ५ हेक्टर वनक्षेत्र अतित्रमण गरी बनाएका १५ वटा ठुला साना घर टहरा हटाइएकाे छ । जिल्ला वन अधिकृत श्री अचल ढुंगानाकाे निर्देशनमा मिती २०७३।०२।१४ गते रेञ्जर केशब खड्रका सहीत सुरक्षा कर्मी समेत गरी करीब २० जनाकाे टाेलीले स्थानिय उपभाेत्ताहरूकाे सहयाेग लिइ २ दिन सम्म उक्त घरटहरा हटाउन सफल भएकाे छ । वन क्षेत्र अतिक्रमणा गरी बसेका अतिक्रमणकारीहरूलाइ हटाउने शिलशिलामा मेहलमुडी र कर्णाली गा.बि.स.मा ५.३ हेक्टर वन अतिक्रमण मुक्त पारीएकाे छ । मान्मा र शिप्खाना र सुकाटिया गा.बि.स.का वन क्षेत्रमा बसेका १८ जनालाइ १५ दिन भित्र वन क्षेत्र खालि गर्न अन्तिम ताकेता गरीएकाे छ । त्यसै गरी जिल्लाका ९ वटा गा.बि.स.मा अतिक्मणकाे लगत संकलन गरीदै छ । असार महिनाकाे अन्तिम सम्ममा जिल्लाकाे १५ हेक्टर वनक्षेत्र अतिक्रमणमुक्त पार्ने लक्ष्य कार्यालयले राखेकाे छ । यति ठुलाे मात्रामा अतिक्रमण हटाइएकाे याे जिल्लाकाे पहिलाे रहेकाे बताइएकाे छ ।