‎वन‬ क्षेत्र अतिक्रमण गरी बसेका थप ३ घर हटाइयाे!


अषाढ ३१ .कालिकाेट
जिल्लाकाे पाल्तामाहदेव सामुदायिक वन समुहकाे क्षेत्र अतिक्रमण गरी बसेका ३ जनाकाे घर भत्काइएकाे छ । अाज बिहान जिल्ला वन अधिकृत अचल कुमार ढुंगानाकाे निर्देशनमा पुगेकाे जिल्ला वन कार्यालय तथा प्रशासन सहीतकाे टाेलीले उक्त घर बल प्रयाेग गरी हटाएकाे हाे । मान्मा ८ निबासी केबराज पाणडे,पर्वते बि.क.र जनक शाही घर वनक्षेत्रबाट हटाइ खाली गरीएकाे छ । वनक्षेत्र अतिक्रमण बढीरहेकाे गुनासाे अाउन थालेपछी कार्यालय पछील्नाे समय अतिक्रमण नियन्त्रणमा सक्रीय बनेकाे छ । अतिक्रमण भएका ठाउहरूमा गइ लगत संकलन कार्य गरीसकेकाे कार्यालयले यस अा.ब.मा १९ घर वनक्षेत्रबाट बलप्रयाेग गरी हटाएकाे छ । याे अभियान जिल्लाभरी सञ्चालन हुने भएकाले अतिक्ररमित स्थान छाडी वन संरक्षाणकाे अभियानमा सामेल हुन जिल्ला वन अधिकृत अचल कुमार ढुंगानाले सबैमा अनुराेध गर्नु भएकाे छ ।